सैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क कारको आयोजनामा ‘वाइल्ड स्टे विथ चौंरी’

हिमालयको  'पानारोमा भ्यु', लेकाली फूल र उच्च पहाडी इलाकाको अविश्वसनीय दृश्यको अनुभव गर्न सहभागी हुनुपर्ने


टुरिजम पाना काठमाडौँ । ३१ भाद्र २०८०

‘माथी माथी सैलुङ्गेमा चौँरी डुलाउनेलाई……’
कुन्ती मोक्तानले गाएको यो सदाबहार गीत नसुन्ने सायदै कोही होलान् । गीतमा सुनिएको तर प्रचुर संभावना भएर पनि पर्यटकीय दृष्टिमा प्रचारप्रसार नभएको सैलुङमा स्पार्क कारले स्पार्क एड्भेन्चर २०२३ अन्तर्गत ‘वाइल्ड स्टे विथ चौंरी’ आयोजना गरेको छ ।

गत वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार गरेर सुरू भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको सैलुङ र त्यहाँको चौरीगोठलाई केन्द्रित गर्दै आयोजना गरिएको कार्यक्रम संयोजक अमरदीप भट्टराईले जानकारी दिए ।

असोजको ११ देखि १३ गतेसम्म हुने स्पार्क एड्भेन्चरमा सेलिब्रेटी, प्रशासनिक एवं सुरक्षा निकायका अधिकारी लगायत सहभागी हुने संयोजक भट्टराईले जानकारी दिए ।

क्याप्टेन विजय लामा, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भन्डारी,  कलाकार निखिल उप्रेती, सन्दिप  क्षेत्री, दिलिप रायमाझी, गायक यश कुमार, गरिमा शर्मा, लेखक बुद्धिशागर, ट्राभलर सिर्जना सिज्जुलगायतको उपस्थिति रहने भट्टराईले जानकारी दिए ।

असोज ११ गते विहान काठमाडौंदेखि सैलुङको यात्रा सुरू हुनेछ । असोज १२ गते चौरी गोठ र सैलुङलाई ‘एक्सप्लोर’ गर्ने आयोजकले जनाएको छ । सोही दिन साँझ स्थानीय साँस्कृतिक कार्याक्रमसहित रैथाने खानामा रमाइनेछ ।
आन्तरिक पर्यटनको खोजी गर्ने, चौरीसँग जंगलमा रात बिताउने, स्थानीय संस्कृति, स्वादिष्ट खाना र नयाँ रमणीय ग्रामीण गन्तव्यहरू पत्ता लगाउने इच्छा भएका सहभागीहरूले  कार्याक्रममा सहभागी हुन पाउनेछन् । हिमालयको  ‘पानारोमा भ्यु’, लेकाली फूल र उच्च पहाडी इलाकाको अविश्वसनीय दृश्यको अनुभव गर्न सहभागी हुनुपर्ने भट्टराई बताउँछन् । कार्यक्रममा सहभागी हुन दर्ता शुल्क ३० हजार रुपैयाँ रहेको छ ।

वर्षौंदेखि ओझेलमा परेका वा विदेश भ्रमणका कारण पहिलो रोजाइमा नपरेका आन्तरिक गन्तव्यहरुको खोजी गर्न स्पार्क एड्भेन्चरलाई भविस्यमा पनि निरन्तरता दिइने  संयोजक भट्टराईको भनाइ छ ।

साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले पर्यटकहरूका लागि यातायातको व्यवस्थापन गर्दै आइरहेको छ । सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउने देखि स्पार्कले देशैभर ड्राइभर सहित सवारीसाधन पनि उपलब्ध गराउँदै आएको छ ।

विवाईडी र स्पार्क कारको सहकार्यमा साउथ एसियामा सबैभन्दा बढी विद्युतीय गाडी परिचालन गर्ने संस्थाको रुपमा स्पार्क कार रहेको भट्टराईले बताए । स्पार्क कारले हरित वातावरण बनाउन सहयोग गर्ने सन् २०३५ सम्ममा संस्थालाई आवश्यक सबै सवारीसाधन विद्युतीय मात्रै प्रयोग गर्ने लक्ष्य राखेको छ  ।

इच्छुकले यहाँ क्लिक गरी फर्म भरेर कार्यक्रममा सहभागी हुन सकिने आयोजकले जनाएको छ ।

हेर्नुहोस् भिडियो जानकारी …

३१ भाद्र २०८०