स्पार्क एड्भेञ्चरले गर्‍यो नेपालमै पहिलो पटक ‘अक्स रेस’ प्रतियोगिता


टुरिजम पाना संवाददाता काठमाडौं । १९ असार २०८०

स्पार्क ग्रुप अन्तर्गतको स्पार्क एड्भेञ्चरले धान दिवसको अवसरमा धान रोपाइ तथा गोरू दौड कार्यक्रम सम्पन्न गरेको छ ।

एड्भेञ्चरले नेपालमै पहिलो पटक गोरू दौड कार्यक्रम सम्पन्न गरेको कार्यक्रम संयोजक अमरदीप भट्टराईले जानकारी दिए ।
रोपाइँ तथा गोरू दौड कार्यक्रममा करिब २ हजार जनाको सहभागीता रहेको थियो ।

कार्यक्रममा गोरु दौडमात्र नभएर हिलो खेल्ने, धान रोप्ने, म्युजिक कन्सर्ट लगायतका कार्यक्रम आयोजना गरिएको थियो ।

गोरू दौडमा विभिन्न १० समूहले प्रतिष्पर्धा गरेको थियो । जसमा १० नम्बरको गोरू प्रथम, २ नम्बरको गोरू द्वितीय र ६ नम्बरको गोरु तेस्रो भएको थियो । तीनै गोरुका धनी किसानहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

एड्भेञ्चरले सुन्दरा बहुउदेश्यीय सहकारी संस्था र ताँदी गाउँपालिकाको सहयोगमा रोपाइँ मेला एवम् अक्स रेस आयोजना गरिएको हो ।

कृषि पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संयोजक भट्टराईले जानकारी दिए ।

स्पार्क एडभेञ्चरले हनी हन्टिङ जस्ता साहसिक कार्यक्रम मार्फत पर्यटन प्रवर्द्धन गर्दै आएको छ ।

१९ असार २०८०