नेपालका तारे होटलमा ५६० कोठा थप


टुरिजम पाना संवाददाता काठमाडौं । १४ जेष्ठ २०८०
five star hotel barahi

नेपालमा रहेका विभिन्न स्तरका तारे होटलमा ५६० वटा कोठा थपिएका छन् ।

आइतबार संघीय संसदमा अर्थमन्त्री डा प्रकाशशरण महतले पेस गरेको आर्थिक सर्वेक्षणअनुसार तारे स्तरका होटलहरुमा चालु आवको फागुनसम्ममा ५६० कोठाहरु थपिएका हुन् । थपिएका कोठाहरुसँगै नेपालमा रहेका तारे होटलहरुमा १६ हजार ३ सय ३५ कोठा पुगेका छन् ।

त्यस्तै, तारेस्तरका होटलबाहेक पर्यटकस्तरीय डिलक्स तथा लक्जरी हेरिटेज बुटिक होटल, लथज तथा रिसोर्टमा पनि चालु आवको फागुनसम्म ४ हजार ३९३ वटा कोठा थपिए । योसँगै कुल ३७ हजार ३० कोठा बनेका छन् ।

नेपालमा चालु आवमा डिलक्ससहित पाँच तारे होटल ११ वटा थपिएका छन् । गत आर्थिक वर्षको फागुनसम्म १६२ वटा रहेकोमा चालु आवमा डिलक्ससहित पाँच तारे १७३ पुगेको छ ।

त्यस्तै, तारेस्तरका होटलबाहेक डिलक्स तथा लक्जरी हेरिटेज बुटिक होटल सहित पर्यटकस्तरीय होटल, लज तथा रिर्सोटको संख्या २०७८ फाल्गुनसम्म ११ सय ८३ रहेकोमा २०७९ फागुनसम्म १२ हजार २८ पुगेको आर्थिक सर्वेक्षणले देखाएको छ ।

 

१४ जेष्ठ २०८०