पर्यटकीय पोखरामा सडक महोत्सवको रौनक (फोटो)


टुरिजम पाना पोखरा । १४ पुष २०७९

अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोखरामा जारी सडक महोत्सवले पर्यटकीय नगरी पोखरामा रौनकता देखिएको छ ।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराको आयोजनामा सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नारासहित २४ औं संस्करणको महोत्सव सुरु भएको हो । बुधबारबाट शुरु भएको महोत्सव १७ पुससम्म चल्नेछ ।

महोत्सव अवधिभर त्यसक्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेन्टहरूले आफ्ना भान्छा सडकमै राख्ने र त्यहीँबाट पर्यटकलाई सेवा दिने गर्दछन् ।

यसका साथै लोपोन्मुख भेषभूषा, कला, संस्कृति, ग्रामीण भेगमा उत्पादित घरेलु सामग्रीको संरक्षण र प्रवर्द्धन, पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, आर्थिक क्रियाकलाप अभिवृद्धि तथा समग्र आर्थिक विकास र समुन्नतिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तस्वीर : रासस

१४ पुष २०७९