उड्डयन प्राधिकरणका महानिर्देशकमाथि पर्यटनमन्त्री किराँतीको एक्सन: ९ बुँदे स्पष्टीकरण सोधियो


टुरिजम पाना संवाददाता काठमाडौ‌ । १२ असार २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेका छन् ।

उनीमाथि उड्डयन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको, उडान सुरक्षामा चरम लापरबाही गरेको र राज्यले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेको आरोप लगाइएको छ ।

सरकारले प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रुपमा अलग गर्ने नीति लिएको भए पनि त्यस नीति विरुद्ध काम गरेको र अभिव्यक्तिहरु दिइएको आरोप महानिर्देशक अधिकारीमाथि लगाइएको छ ।

पर्यटनमन्त्री किरातीले चालु आर्थिक वर्ष २०७८/७९ को बजेटको घोषणा तथा अन्तर्राष्ट्रिय हवाई संगठनको सिफारिसअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवाप्रदायक निकायका रुपमा छुट्याउने नीति विपरीत सार्वजनिक सञ्चारमाध्यममा कार्यात्मक विभाजन मात्रै गर्दा हुने अभिव्यक्ति दिएकोसहित अधिकारी महानिर्देशक भएपछि २ वटा यात्रुबाहक विमान र ३ वटा हेलिकप्टरहरु दुर्घटना भएको लगायतका विषय उल्लेख गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेका हुन् ।

१२ असार २०८०