विमानस्थल उद्घाटन भब्य बनाउन पोखरा महानगरले दियो बिदा


टुरिजम पाना पोखरा । १६ पुष २०७९
pokhara airport
फाइल तस्वीर

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको समुद्घाटनको दिन पोखरा महानगरले बिदा दिएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले आज एक सुचना जारी गर्दै विमानस्थलको समुद्घाटन समारोहमा व्यापक जनसहभागिता होस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको जनाएका छन् ।

सुचनामा भनिएको छ,‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको समुद्घाटन समारोहमा व्यापक जनसहभागिता होस् भन्ने उद्देश्यले मिति २०७९-०९-१७ गते आइतबारका दिन पोखरा महानगरपालिका कार्यालय, महाशाखा तथा शाखा, वडा कार्यालय सहित अन्तरगतका विद्यालय तथा शैक्षिक सङ्घसंस्था समेत बन्द रहने ब्यहोरा जानकारी गराइन्छ ।’ विमानस्थलको आइतबार बिहान ११ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले उदघाटन गर्दै छन् ।

१६ पुष २०७९