पर्यटन बोर्डले मनायो २४ औं बार्षिक उत्सब


टुरिजम पाना काठमाडौं । १६ पुष २०७९

नेपाल पर्यटन बोर्डले २४ औं बार्षिक उत्सब मनाएको छ । बोर्डको कार्यालय भृकुटीमण्डपमा एक कार्यक्रमको आयोजना गर्दै बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा सँस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेस अधिकारीले भारत र चीनको प्रतिब्यक्ती आय बढेसँगै त्यस देशका पर्यटकहरुको घुमघाम बढेकोले यसको फाइदा कसरी लिने भन्ने योजना बनाउनुपर्ने बताए ।

नेपाल पर्यटन बोर्डका सिइओ धनन्जय रेग्मीले पहिले आएका भन्दा अन्य देशबाट आउने पर्यटक बढिरहेको सन्दर्भमा एसियाली देशहरूमा प्रचारको काम अगाडि बढाउने योजना रहेको सुनाए । यस्तै पोखरामा नयाँ एयरपोर्ट सुरु त हुँदै छ तर कसरी चल्छ भन्ने डर रहेतापनि डर हटाउन निजी क्षेत्रको सक्रियता पनि उतिकै आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष पर्यटन बोर्डले आजको दिनसम्म जुन गति लिनपर्ने थियो त्यो उपलब्धि नभएको स्वीकार्दै सबै प्रदेशमा पर्यटन बोर्डको बिकास गर्ने योजना रहेको बताए ।

यस्तै होटल एसोसिएसन अफ नेपाल (हान) की अध्यक्ष सिर्जना राणाले आन्तरिक पर्यटन प्रवर्द्धनमा पर्यटन बोर्डले अझै जोड दिनुपर्नेमा जोड दिईन् । कार्यक्रममा पर्यटनसँग सम्बन्धित सँघ सँस्था र उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरिएको थियो ।

१६ पुष २०७९