विमानस्थलभित्रै कुटाकुट गर्ने तारा एअरका दुई पाइलट निलम्बनमा 


टुरिजम पाना संवाददाता काठमाडौं । १७ कार्तिक २०८०

विमानस्थलभित्र एप्रोनमै कुटाकुट गर्ने तारा एअरका दुई पाइलट निलम्बनमा परेका छन् ।

शुक्रबार बिहान ८ बजे तारा एयरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष साह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच रामेछाप विमानस्थलको एप्रोनमा कुटाकुट भएको थियो  ।

शुक्रवार बिहान लुक्लाका लागि काठमाडौँबाट फ्लाइट नम्बर १११ मा गएका पाइलट शाह र मन्थली क्याम्पमा नै रहेका पाइलट श्रेष्ठबीच कुटाकुटको स्थिति बनेको तारा एयरले जनाएको छ । ।

तथापि, यो घटनामा कम्पनी वा फ्लाइटको कुनै सम्बन्ध नभएको जिकिर गर्दै कम्पनीले दुई पाइलटहरूकै व्यक्तिगत रिसिबीका कारण घटना भएको जनाएको छ ।

 कम्पनीले घटनामा संलग्न दुई जना पाइलटलाई नै निलम्बन गरेको जनाएको छ ।

१७ कार्तिक २०८०