विश्व पर्यटन दिवसको अवसरमा बर्दियाको ठाकुरबाबा नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।
पर्यटन विकास परिषद्, लुम्बिनी प्रदेश र ठाकुरबाबा नगरपालिकाको संयुक्त आयोजनामा ठाकुरबाबा मन्दिरमा आज विश्व पर्यटन दिवस २०२३ मनाउने कार्यक्रममा उपस्थित हुनुपर्ने भएकाले बिदा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले जानकारी दिएका छन् ।