नयाँ वर्ष २०२४ को पुर्वसन्ध्यामा ‘ठमेल सडक महोत्सव’को आयोजना


टुरिजम पाना संवाददाता काठमाडौं । १४ पुष २०८०

ठमेल पर्यटन विकास परिषद्ले अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा ‘न्यु इयर इभ ठमेल सडक महोत्सव’ गर्ने भएको छ।

 ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले सबै किसिमका व्यवसायीहरुलाई मध्यनजर गरेर ठमेलको पर्यटन प्रवर्द्धनका लागि सडक महोत्सव आयोजना गरेको बताए ।

अंग्रेजी नयाँ वर्षको कार्यक्रममा आन्तरिक तथा बाह्य  गरी १ लाख ८० हाजार दर्शक ठमेल भित्र्याउने अपेक्षा आयोजकको रहेको छ । दर्शकहरूको व्यवस्थापनका लागि पनि आवश्यक तयारी गरिसकेको आयोजकले जानकारी दिएको छ ।

नयाँ वर्षको कार्यक्रम विगतका भन्दा फरक र ठूलो हुने उनले स्पष्ट पारे । ठमेललाई रातभर सञ्चालनमा ल्याउन सरकारले पहल गर्नुपर्ने शर्माले बताए । रातिको समयमा ठमेलमा किनमेल गर्न सक्ने वातावरण सृजना गर्नुपर्ने उनले जानकारी गराए ।

‘न्यु इयर इभ ठमेल सडक महोत्सव’ २०८० साल पुस १५ गते आइतबार ठमेल केशरमहल सञ्चयकोष अगाडि साँझ ५ः३० बजेबाट सुरु भई रातीको १२ः३० सम्म सञ्चालन हुनेछ । कार्यक्रमको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गर्ने आयोजकले जनाएको छ ।

१४ पुष २०८०