स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल द क्लिफमा


टुरिजम पाना संवाददाता काठमाडौं । ४ मंसिर २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कुश्मा पुगेर साहसिक पर्यटनको दृश्यावलोकन गरेका छन् ।

सोमबार एक समूह सहित कुष्मा पुगेका मन्त्री पौडेलले द क्लिफ नेपालले सन्चालन गर्दै आएको साहसिक पर्यटकीय खेलहरूको अवलोकन गरेका हुन् ।

सोमबार क्लिफ पुगेको मन्त्री पौडेलको समूहले मंगलबार बिहानको ब्रेकफास्ट गरेर फर्किएको क्लिफका अध्यक्ष राजु कार्कीले बताए ।

मन्त्री पौडेल ५ जनाको समूहसहित क्लिफ पुगेका हुन् ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालनमा छ ।

पछिल्लो समय एडभेञ्चर हबको रुपमा बिकास हुँदै गएको द क्लिफमा साहसिक गतिविधि खेल्नका लागि देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन् ।

द क्लिफमा विभिन्न मन्त्री तथा‌ सरकारका पदाधिकारी, कुटनीतिक नियोगका प्रतिनिधिहरूले समेत यसअघि अवलोकन भ्रमण गरिसकेका छन् ।

४ मंसिर २०८१