नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडानको भाडा घटायो


टुरिजम पाना संवाददाता काठमाडौँ । ६ मंसिर २०८१
bayu sewa nigam
फाइल तस्वीर

पर्यटन मन्त्रालयले कार्वाहीको चेतावनी दिएपछि, नेपाल वायु सेवा निगमले, अन्तर्राष्ट्रिय उडानको भाडा घटाएको छ । निगमले विज्ञप्ति जारी गर्दे, नयाँदिल्ली, मुम्बई र बैंगलोर सहित, दुबइ, साउदीको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, बैंकक र जापानको नारिता उडानमा छुट दिने घोषणा गरेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दिल्ली, मुम्बई र बैंगलोरमा २ हजार ५ सय तथा दोहो, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिताका लागि प्रतिटिकट ५ हजार रुपैयाँसम्म छुट दिइएको छ।

६ मंसिर २०८१