तस्बिरमा बसन्तपुरमा होली खेलेर रमाउँदै विदेशी पर्यटक


टुरिजम पाना काठमाडौँ । १८ फाल्गुन २०८२
काठमाडौँ १८ फागुन : रङहरुको पर्व फागुपूर्णिमा(होली) पर्वका दिन सोमबार काठमाडौँ बसन्तपुरमा रङ खेलेर रमाउँदै विदेसी पर्यटक । तस्बिर : किरणराज विष्ट / रासस

सद्भावनाको पर्व होली, आज देशका पहाडी भेगमा उल्लासपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराई क्षेत्रमा भने भोली होली मनाइँदै छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होली पर्वको विशेषता हो ।

काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिक रूपमा होली खेल्ने गरिन्छ । नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी भएर होली पर्वको उल्लास सेयर गरिरहेका छन् । होली पर्वका अवसरमा बिहीबार काठमाडौँको बसन्तपुरमा होली खेलेर मनोरञ्जन लिँदै स्वदेशी पर्यटकहरु रमाएका छन् ।

आज बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल छ । यसरी होली पर्व मनाउनेले अनुमति विना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य भने बिरलै भेटिन थालेको छ ।

१८ फाल्गुन २०८२