नेपाल एयरलाइन्सका दुई महिला पाइटलले सँगै उडाए पहिलोपटक बिमान


टुरिजम पाना काठमाडौं । २१ फाल्गुन २०७९

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को इतिहासमा पहिलो पटक दुई जना महिला पाइलटले संगै उडान भरेका छन् ।

आइतवार काठमाडौंदेखि दुबईको उडानमा निगमको इतिहासमा पहिलो पटक दुई जना महिला पाइलटलेसंगै उडान गरेको पाइलट भावना पन्तले बताएकी छन् । पन्तसँगै को – पाईलट शृजना रावत उडानमा रहेकी थिइन् ।

दुबई तर्फको उडनमा पहिलो पटक नेपाली महिला पाइलटको टोलीले आफ्नो उडान सफलतापूर्वक भरेका हुन् । उनले दुई महिलाले उडान गर्न पाउदा आफुलाई भाग्यमानी ठानेको बताउँदै हौसला प्रदान गर्ने लाखौं शुभचिन्तकहरुप्रति धन्यवाद समेत दिएकी छन् ।

विमान युएई विमान स्थलमा पुगेपछि गैरआवासीय नेपाल संघ (यूएई) ले उनीहरुलाई भव्य स्वागत गरेको गैरआवासीय नेपाली संघका प्रवक्ता सोम सापकोटाले जानकारी दिए ।

नेपालको हवाई क्षेत्रमा भएका नकारात्मक सन्देशलाई यस्ता कार्यले समग्र पर्यटन क्षेत्रमै सकारात्मक सन्देश पुर्‍याउन महत्वपूर्ण योगदान गर्ने र यो नेपालकै लागि गौरवको बिषय भएको सापकोटाले बताए ।

उक्त सम्मानको लागि गैरआवासीय नेपाली संघको मध्यपूर्व क्षेत्रीय संयोजक मनोज गोर्खाली, एनआरएनए युएईका उपाध्यक्ष निरंजन सिलवाल र शोभा शर्मा लगायत कृष्ण गौतम नवराज श्रेष्ठ प्रकाश थापा अशोक के सी लगायत जनसम्पर्क समितिका सभापति भवानी प्रसाद तिमिल्सेना विमानस्थल पुगेका थिए ।

२१ फाल्गुन २०७९