सगरमाथामा तीन जना आरोही सम्पर्कबिहिन, खोजी कार्य जारी


टुरिजम पाना काठमाडौं । २९ चैत्र २०७९
sagarmatha pp
फाइल तस्वीर

सगरमाथामा तीन जना शेर्पा आरोही बेपत्ता भएका छन् ।

उनीहरु सगरमाथा बेस क्याम्पबाट क्याम्प वानको बीचमा बुधबार बिहान साढे ९ बजेदेखि हराइरहेको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले टुरजमपानालाई जानकारी दिए ।

हराइरहेका आरोहीमा दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता शेर्पा रहेका छन् । अहिले सिम्रिक एयरको हेलिकप्टरमार्फत उनीहरुको खोजी कार्य भइरहेपनि सफल हुन नसकेको खतिवडाले बताए ।

बेपत्ता आरोहीहरु इम्याजिन नेपाल नामक संस्थाबाट आरोहणमा पुगेका थिए ।

 

२९ चैत्र २०७९