मिठाइ बनाउँदा र खाँदा सजग हुन डा. दिल्जान मन्सुरका सुझाव

चिनीलाई कार्बोहाइड्रेटमा मिसाएर तेलमा पकाएपछि त्यो डरलाग्दो विशाक्त बन्दछ


टुरिजम पाना काठमाडौँ । ७ कार्तिक २०७९
Dr. Diljan Mansoor - Kurt

फिटनेसका पर्याय बलेका डाक्टर दिल्जान मन्सुर खानपिन शैली सुधार गर्न मुख्य जोड दिन्छन् । चाडबाडका बेला हामी साधारणतया मिठाई धेरै खान्छौँ । मिठाईको तयारी र सेवनमा के के ध्यान दिने त ? डा. मन्सुरका सुझावहरु:

तिहार जस्ता चाडपर्वमा हाम्रो घरघरमा गुलियो (चिनी) मा कार्बोहाइड्रेट (पिठो वा चामल) मिसाइएको पदार्थबाट विभिन्न प्रकारका परिकार बनाइन्छ, जस्तो कि सेल वा मिठाई।
एउटा कुरा जानिराखौं कि जब चिनीलाई कार्बोहाइड्रेटसँग मिसाएर पकाइन्छ भने “एक्रिलामाइड” नामक तत्व त्यसमा उच्च हुन्छ । जुन मानव स्वास्थ्यका लागि हानीकारक छ । अनि जब उच्च तापक्रममा लामो समयसम्म पकाइन्छ, त्यसले क्यान्सरको जोखिम बढाउन सक्छ।

पुजाआजा तथा चाडपर्वमा नैबेधका रुपमा यस्ता परिकार बनाउनु त पर्छ नै । अनि प्रसादका रुपमा खाइन्छ पनि, जुन अस्वस्थकर हुन्छ ।

त्यसैले सकिन्छ भने मैदा वा अन्य बजारु पिठोहरुको साटो फापरको पिठोको प्रयोग गर्नु स्वास्थ्यका लागि सबैभन्दा उपयुक्त हुन्छ । फापर वा चामलको पिठोमा पनि चिनी नहालेर घ्युमा बनाउन सकिन्छ । यसै त चिनी हानिकारक, झन त्यसलाई कार्बोहाइड्रेटमा मिसाएर तेलमा पकाएपछि त त्यो डरलाग्दो विशाक्त बन्दछ । आफ्नो र परिवारको खयाल राख्नुहोला ।

विशाक्तरहित भोजन सहित मनाऔं ।
शुभकामना 🙏

७ कार्तिक २०७९