नागरिक उड्डयन प्राधिकरण निमित्त महानिर्देशकमा कर्ण


टुरिजम पाना काठमाडौं । ५ पुष २०८२

नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्ण नियुक्त भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले प्राधिकरणका उपमहानिर्देशक कर्णलाई निमित्त महानिर्देशकको भूमिका दिएका हुन् ।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रालयका सहसचिव मुकेश डंगोललाई महानिर्देशकको समेत भूमिका दिएकी थिइन् । सिन्हाले मन्त्रालय सम्हालेपछि प्राधिकरणकै उपमहानिर्देशकलाई यस्तो जिम्मेवारी दिइएको हो ।

५ पुष २०८२