इतिहासमै उच्च पर्यटक नेपाल भ्रमणमा, कुन मुलुकबाट कति भित्रिए ?


टुरिजम पाना संवाददाता काठमाडौं । १६ कार्तिक २०८०

पर्यटक आगमनमा इतिहासकै रेकर्ड ब्रेक भएको छ। सन् २०२३ अक्टोबर, एक महिनामा आएका पर्यटकको संख्याले रेकर्ड तोडेको हो।

पर्यटन बोर्डका अनुसार अक्टोबरमा एक लाख १७ हजार ३०७ पर्यटक नेपाल घुम्न आएका छन्। यो एक महिनामा नेपाल आएका पर्यटकको हालसम्मकै उच्च संख्या हो।

यसअघिका महिनाहरूमा मासिक एक लाखसम्म पर्यटक घुम्न आएका थिए।  कोभिडअघिको तुलनामा अक्टोबरमा १०६.०४ प्रतिशतले बढेको बोर्डले जनाएको छ।

कोभिडअघि अर्थात् सन् २०१९ को अक्टाेबरमा एक लाख १० हजार ६२२ पर्यटक आएका थिए।

त्यसपछि क्रमशः २०२० मा एक हजार ८३१, सन् २०२१ मा १५ हजार ७१५ र सन् २०२२ मा ५२ हजार १२१ पर्यटक आएका थिए।

तथ्यांकअनुसार सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्ममा आठ लाख ९ हजार ६७८ पर्यटक भित्रिएका छन्।

पर्यटन बोर्डका अनुसार सबैभन्दा धेरै भारतबाट १८ हजार ४८० पर्यटक नेपाल आएका छन् ।

यस्तै अमेरिकाबाट १४ हजार ८७९, बेलायतबाट ८ हजार २१७, चीनबाट ६ हजार ८८० पर्यटक अक्टोबर महिनामा नेपाल आएका छन् ।

यस्तै अष्ट्रेलियाबाट ६ हजार ०७५, जर्मनीबाट ५ हजार ९१६, फ्रान्सबाट ५ हजार २७१,बंगलादेशबाट ४ हजार २९२, श्रीलंकाबाट २ हजार ५०७, इटालीबाट २ हजार ४६७ पर्यटक एक महिनामा नेपाल आएका छन् ।

१६ कार्तिक २०८०