‘पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र र सरकारबीच सहकार्य जरुरी’


टुरिजम पाना संवाददाता काठमाडौं । २४ जेष्ठ २०८०

पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले नेपालको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र र सहकारबीच सहकार्य जरुरी रहेको बताएका छन् । हिमालय उद्धार सङ्घको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले नेपालको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र र सरकारबीच सहकार्य हुनुपर्छ भने ।

“सरकार नपुगेको हिमाल र पर्वतारोहण क्षेत्रमा पुगेर हिमालय उद्दार सङ्घले स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ, यस्ता संस्थालाई सरकारको तर्फबाट साथ र सहयोग रहन्छ,”–उनले भने । नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले देशको पर्यटन क्षेत्रको विकासका लागि यससँग सम्बन्धित सङ्घ संस्थाको महत्वपूर्ण भूमिका रहेको बताए । उनले सरकारले अगाडि सारेको सम्पदा घुमौ अभियानलाई अगाडि बढाउन सबै क्षेत्रको साथ र सहयोग रहेको बताए ।

हिमालय उद्दार सङ्घका निवर्तमान अध्यक्ष हरि धरेलले नेपालको पर्वतारोहण क्षेत्रमा जाने पर्यटकको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सङ्घले सोलुखुम्बुको फेरिचेमा स्वास्थ्यचौकी स्थापना गर्न लागेको बताए ।

२४ जेष्ठ २०८०