संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा रहेका सुदन किराँतीले मन्त्री निवास छाडेका छन् ।
मंगलबार मन्त्री निवासबाट बिदा भएको तस्वीर पोष्ट गर्दै किराँतीले जिम्मेवारी पाउँदा पहिले धेरै डर लागेको तर अहिले खुसी रहेको बताएका छन।
“आज सरकारले दिएको निवास छोडेर जाँदैछु । पस्दा मलाई धेरै डर लागेको थियो तर निस्कदा खुसी छु, उनले लेखेका छन । “
किराँती लेख्छन , मेरो आमाले भन्नू हुन्थ्यो “जिम्मेवारी पाउनु गाह्रो कुरा हो त्यो भन्दा गाह्रो त पूरा गर्नु हो , ४१३ दिन मन्त्री पदमा बसेर देश र जनताको सेवा गरे। यो अवसर प्रदान गर्नु हुने प्रधानमन्त्री “प्रचण्ड”, मेरो पार्टी, मलाई मत दिनुहुने मतदातहरु र संसारका कुना-कुना बाट मलाई सहयोग र सहानुभूति दिनुहुने सम्पूर्ण महानुभावहरुमा धन्यवाद ज्ञापन गर्दछु , म र मेरो टिमले सकेको कोशिस गरेकाछौँ । हामीले रोपेको बिरुवामा धेरै कोपिला लागेको छ, आउने मालीले फक्राउनु हुनेछ भन्ने विश्वास लिएकोछु ।”