रोयल परिवारको झल्को दिने त्रिपुरा लाउञ्ज, चाँदीको थालमा चाँदीकै चम्चाले खाने सुविधा


टुरिजम पाना पोखरा । ५ माघ २०७९

फरक बिशेषतासहित पोखराको लेकसाइडमा ८ करोड वढी लगानीमा त्रिपुरा लाउञ्ज एण्ड बार सञ्चालनमा आएको छ ।

लामो समय देखि पोखरामा एसियना म्यारक्यु क्लब संचालन गर्दै आएका व्यवसायी सुमन कुमार श्रेष्ठले उक्त बार सञ्चालनमा ल्याएका हुन् । रोयल स्टाइलमा लाउञ्जको डिजाइन गरिएकोले दुई सय वर्ष अगाडि नेपालका राजाहरु बस्ने दरबारको झल्को दिने गरी आफुले त्रिपुराको भवन निर्माण गरेको सञ्चालक श्रेष्ठ बताउँछन् ।

राजाहरु बस्ने दरबार शैलीमा भवनको स्टक्चर निर्माण गरिएकोले पोखरेलीहरुलाई मन आशा आफूहरुको रहेको समेत श्रेष्ठले बताए । लाउञ्जको टप फ्लोरमा पृथ्वीनारायण शाहको शालिक निर्माण गरिएको छ ।

रेष्टुरेण्टमा इतिहास झल्काउने गरी राजाहरुको तस्बिर समेत राखिने श्रेष्ठले बताए । लेकसाइडको १५ नम्बर स्ट्रिट भित्र एक रोपनी जग्गामा फैलिएको त्रिपुरामा पारिवारिक वातावरणमा ग्राहकले सेवा लिन पाउने छन् । सबै वर्गका ग्राहकलाई लक्षित गर्दै आफुले लाउञ्ज संचालनमा ल्याएको भनाई उनको छ ।

त्रिपुरामा चाँदीको थालमा चाँदीकै चम्चाले खाना खाने सुविधा रहेको छ भने राजा महाराजाले खाने खाना आम नागरिकले त्रिपुरामा खान पाउने दाबी गरिएको छ । त्रिपुरामा क्याफे, लबिहल, लाइभ म्युजिक सहितको सेवा त्रिपुरामा उपलब्ध रहेका छन् ।

५ माघ २०७९