पाेखरामा योगा महोत्सव २०२४ आयोजना हुने


टुरिजम पाना काठमाडाैँ । ६ आश्विन २०८१

पोखरास्थित पूर्ण योगा रिट्रिटमा अक्टोबर १६ देखि १९ गतेसम्म योगा महोत्सव २०२४ आयोजना हुने भएको छ ।

नेपालमा आध्यात्मिक पर्यटनलाई प्रवद्र्धन तथा बढावा दिने उद्देश्यले होटल संघ नेपाल र नेपाल योग उत्सवद्वारा संयुक्त रुपमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाइ छ । उक्त महोत्सवमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त योगा विज्ञहरुको जमघट हुने भई उनीहरूबाट विभिन्न विधामा योगा कक्षाहरू पनि सञ्चालन गरिनेछन् ।

विस्वस्तरीय प्रस्तुतकर्ताहरुमा गुरु श्री अन्तरयोगी चैतन्य केन्द्र प्रकाश थापा ग्रामी नोमिनेटेड मनोज, पिटिर स्टेरियोस र चर्य नृत्य नाच गुरु प्रज्वलरत्न बज्राचार्य लगायतका विशेषज्ञहरूबाट योग ध्यानको कार्यशालाहरू रहनेछन् भने ऐतिहासिक तथा सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिनेछ । साथै यस कार्यक्रमले मुलुकको दिगो पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकको विश्वास छ ।

कार्यक्रममा सहभागिताका लागि नेपालीलाई दिनको तीन हजार र विदेशीलाई छ हजार पाँच समय बुझाई टिकट प्राप्त गर्न सकिने छ । महोत्सव अवधिभरका लागि प्याकेजको पनि व्यवस्था गरिएको छ । यस महोत्सवको ट्राभल पार्टनर यती यरलाइन्स रहेको छ । कार्यक्रमका बारेमा विस्तृत विवरणका लागि वेबसाईटः www.nepalvogafestival.com तथा ९८५११५८३८४ मा सम्पर्क गर्न सकिने छ ।

६ आश्विन २०८१