ड्रागन बोट फेस्टिभलको ५ सय मिटरको रेस सकियो, कसको नतिजा कति ?


टुरिजम पाना पोखरा । ८ असार २०८०

पोखरामा शुक्रबार (आज)देखि सुरू भएको नेपाल-चाइना फ्रेण्डशीप ड्रागन बोट फेस्टिभलमा पहिलो चरण र दोस्रो चरणको खेल सम्पन्न भएको छ ।

जसमा पहिलो नम्बरमा चीनको सिचुआन ड्रागन बोट टिम रहेको छ । यस्तै दोस्रो नमेबरमा नारा ड्रागन बोट टिम (नेपाल), तेस्रोमा युनान ड्रागन बोट टिम (चीन) रहेको छ ।

दोस्रो चरणमा पनि चीनको सिचुआन ड्रागन बोट टिम नै पहिलो स्थानमा रहेको छ । यस्तै नारा ड्रागन बोट टिम (नेपाल) दोस्रो र तेस्रोमा युनान ड्रागन बोट टिम (चीन) रहेको छ ।

दुवै चरणका खेलमा विभिन्न ८/८ टिम सहभागी थिए ।

हेर्नुहोस् कुन टिमको नतिजा कस्तो ?

८ असार २०८०