ड्रागन बोट रेस: उपाधीका लागि नेपालका २ र चाइनाका २ टोलीबीच प्रतिस्पर्धा हुँदै


टुरिजम पाना संवाददाता पोखरा । ९ असार २०८०

पोखरामा जारी ड्रागन बोट रेस प्रतियोगिताको अन्तिम दिन आज नेपालका २ टोली र चिनियाँ २ टोली बीच उपाधीका लागि प्रतिस्पर्धा हुँदैछ।

पोखरास्थित फेवा तालमा शुक्रबार भएको ५०० मिटर रेसबाट अन्तिम ४ मा स्थान बनाउन सफल नेपालका २ र चीनका २ टोलीबीच आज सेमिफाइनलको खेल र फाइनलको खेल हुँदैछ।

नेपालको तर्फ बाट प्रतिस्पर्धामा सहभागी ४ टिम मध्ये ‘नारा ड्रागन बोट टीम’ र ‘एनआसीए ड्रागन बोट टीम’ले सेमीफाइनममा आफ्नो स्थान बनाएका छन्। यसैगरी चीनको सिचुआन ड्रागन बोट टिम र युनान ड्रागन बोट टिम सेमिफाइनल पुगेका छन्।

आज ४ टिम मध्ये लक्की ड्रको आधारमा छानिएका २-२ टिम बिच सुरुवाती प्रतिस्पर्धा हुनेछ। त्यसबाट प्रथम हुने २ टिम बिच उपाधिका लागि प्रतिस्पर्धा गराइने छ।

यो प्रतियोगितामा नेपालका ४, चीनका ३ र सिङ्गापुरको १ टोली सहभागी भएका थिए।

९ असार २०८०