१५ औं वर्षमा ‘इसेवा’, थप सेवा सुविधा ल्याउने प्रतिबद्धता


टुरिजम पाना काठमाडौं । १० माघ २०७९

भुक्तानी सेवा प्रदायक ‘ईसेवा’ १५ औं वर्षमा प्रवेश गरेको छ ।

नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले १४ वर्ष पार गरेको हो।

मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै इसेवाले डिजिटल अर्थतन्त्र निर्माणमा थप सेवा सुविधा ल्याउने प्रतिबद्धता समेत जनाएको छ। ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले ईसेवा जहिलेपनि प्रयोगकर्ताको दैनिकी कसरी सहज बनाउन सकिन्छ भन्नेमा केन्द्रित हुने गरेको बताए ।

१४ औं वार्षिक उत्सवको अवसरमा इसेवाले बुधवार बिहान ९ बजेदेखि दिउसो ३ बजेसम्म हुने कारोबारमा विभिन्न अफरहरू सार्बजनिक समेत गरेको छ।

१० माघ २०७९