अब एक क्लिकमा ई सेवाबाटै अन्तर्राष्ट्रिय हवाई टिकट


टुरिजम पाना काठमाडौं । ६ माघ २०७९

नेपालको पहिलो अनलाइन भुक्तानी माध्यम ई सेवाबाट अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सकिने भएको छ ।

अन्तर्राष्ट्रिय हवाई टिकट बुकिङ गर्नका लागि निकै झण्झट भएको र भौतिक रुपमै उपस्थित हुनुपर्ने भएकाले सेवाग्राहीलाई सहज होस् भनेर यस्तो व्यवस्था गरिएको ई सेवाले जनाएको छ ।

ई सेवाले यो सुविधा दिएसँगै अब एक क्लिकको भरमा अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सकिने छ ।

यसका लागि ई सेवाको होमपेजमा रहेको अन्तर्राष्ट्रिय एयरलाइनमा क्लिक गरेर दिएको जानकारी अनुसार अगाडी वढनुपर्नेछ ।

६ माघ २०७९