चितवन राष्ट्रिय निकुञ्जले सफारीका नियम उल्लङ्घन गरेको आरोपमा नवलपुरका एक नेचर गाइडको लाइसेन्स एक महिनाका लागि निलम्बन गरेको छ। सामुदायिक वन भित्र पर्यटकलाई झारेर ‘ड्राई पिकनिक’ गराएको र प्लास्टिकजन्य सामग्री प्रयोग गराएको पुष्टि भएपछि कारबाही गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए।
निकुञ्जले आगामी दिनमा यस्ता गतिविधि दोहोरिए लाइसेन्स नै खारेज गरिने चेतावनी दिएको छ। त्यस्तै, दिव्य मध्यवर्ती सामुदायिक वनलाई पनि कार्ययोजनामा उल्लेखित शर्त कडाइका साथ लागू गरी मात्र सफारी सञ्चालन गर्न सचेत गराइएको छ।
सफारीका नियमविपरीत गतिविधि बढेपछि निकुञ्जले कडाइ अपनाउँदै पहिलो चरणमा सूचना, दोस्रोमा जीप सफारी रोक्का र तेस्रोमा सामुदायिक वन फिर्ता लिनेसम्मका कदम चालिने जनाएको छ।
तस्बिर : एआई प्रतीकात्मक








