म्यानमारको गोल्डेन प्यागोडा भनेर चिनिने श्वेडागन प्यागोडामा सन् २०२५ मा ६९.५ लाखभन्दा बढी मानिसहरूले भ्रमण गरेका छन् । श्वेडागन प्यागोडा ट्रस्टी बोर्डका सदस्य यू बो थिनले शुक्रवार दिएको जानकारीअनुसार, कुल आगन्तुकहरूमध्ये ७६ हजार भन्दा बढी विदेशी पर्यटकहरू थिए ।
सन् २०२४ को तुलनामा २०२५ मा आगन्तुकहरूको संख्यामा कमी आएको छ । सन् २०२४ मा ९०,००० भन्दा बढी विदेशीसहित कुल ८६.५ लाख भन्दा बढी मानिसहरूले प्यागोडाको भ्रमण गरेका थिए ।








