रंगकर्मी चन्द्रप्रसाद पाण्डेको लेखनमा तयार भएको नाटक ‘अग्निचक्षु’ काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको छ ।
जीवित देवी कुमारीको विषयमा आधारित यस नाटक साइलेन्ट एक्टको प्रस्तुतिमा रहेको छ। देवी कुमारीको समग्र मनस्थिति, किशोर मनोविज्ञान, समाजले उनलाई हेर्ने दृष्टिकोण लगायतलाई नाटकमा मीहिन ढंगले उतारिएको छ ।
नाटकमा जीवित कुमारी अष्टलक्ष्मी र उनको साथी बालाबीचको संवादलाई विशेष आकर्षक बनाइएको छ ।
बाला मार्टर्स पछि कुमारी देवीको विषयमा थेसिसका लागि अध्ययन गरिरहेकी छन् । उनी कुमारी देवी अष्टलक्ष्मीसँग नजिक हुन्छिन् । कुमारीलाई हर सुखदु:खमा साथ दिने बालाले नाटकको अन्तिम समयसम्म साथ दिएको देखाइन्छ ।
कुमारीको प्रेम जीवनलाई मनमोहक ढंगले नाटकमा प्रस्तुतीकरण गर्दाको रौनकलाई कुमारीकै प्रेमीले आफ्ना आमालाई वृद्धाश्रममा पठाएको लगायतका दृश्यले भावविह्वल बनाउँछ ।
संस्कृतिभित्र लुकेका धार्मिक, सामाजिक, ऐतिहासिक तथा जीवन दर्शनका कुराहरू समेटेर नाटक तयार भएको लेखक चन्द्रप्रसाद पाण्डेय बताउछन्।
नाटक जेठ ३२ सम्म देखाइनेछ ।
नाटकमा कलाकारहरू मञ्जु श्रेष्ठ, सङ्गीता उराँव, हेना नगरकोटी, कृष्णभक्त महर्जन, सविन कट्टेल, श्रीशेष श्रेष्ठ, धिरज थापा मगर, शान्ता प्रजापति, राजेन्द्र डंगोल, इएरिका चौलागाईं, चक्र प्रसाद पोखरेल रहेका छन्।
संगीत परिकल्पना तथा संयोजन अनुप तिमिल्सिनाको रहेको छ भने अनुपसँगै प्रत्यक्ष संगीतमा पूजा विश्वकर्माृ, इन्द्रमान महर्जन, प्रतीक प्रजापति,ब्रोसिन ब्रोज महर्जन रहेका छन् भने कोरियोग्राफी जे.डी. तमुको रहेको छ।
तस्वीरहरू
यो पनि
देवी कुमारीको विषयमा बनाइएको नाटक ‘अग्निचक्षु’ शिल्पीमा मञ्चन