८ करोड लगानिमा एड्भेन्चर पार्क ‘बन्दिपुर बेस क्याम्प’ बन्दै

नयाँ वर्षदेखि एड्भेञ्चर पार्क सञ्चालन गरिने


टुरिजम पाना तनहुँ । ८ माघ २०७९

तनहुँको बन्दिपुर बेस क्याम्प प्रा.लि. ले ८ करोड लगानीमा कृषि पर्यटनलाई समेत विस्तारित गर्दै  ८ करोड लगानिमा नयाँ एड्भेन्चर पार्क ‘बन्दिपुर बेस क्याम्प’ निर्माण सुरु गरेको छ ।

जसअन्तर्गत विभिन्न एड्भेन्चर पार्क, चिल्ड्रेन पार्क लगायत अर्गानिक उत्पादन समेत गर्न लागिएको कम्पनीका सञ्चालक पुर्ण सिंह थापाले टुरिजम पानालाई जानकारी दिए । थापा बन्दिपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् ।

थापाका अनुसार, कृषि पर्यटनलाई बढावा दिनका लागि यस्तो शुरू गर्न लागिएको बताए ।सो परियोजनामा स्काई साइक्लिङ, स्काई वाल्क, जीपलाइन, स्वीङ, चिल्ड्रेन पार्क, स्वीमिङ पुल लगायत राखिनेछन् । यस्तै कृषितर्फ कालिज पालन, मौरी पालन, तरकारी, अन्न तथा माछामासु समेत उत्पादन गरिनेछ ।

कम्पनीले बन्दिपुर घुम्न जाने पर्यटकलाई लक्षित गर्दै सो सुविधा सञ्चालनमा ल्याउन लागेको हो । रक क्लाइम्बिङका साथै जंगल सफारीसमेत गर्न दिने कम्पनीको तयारी छ । कम्पनीका अनुसार, मिटिङ हलसहितको रेष्टुरेन्ट माघ महिनाभित्रै सञ्चालनमा आउनेछ ।

यस्तै एड्भेन्चर पार्क फागुनबाट निर्माण सुरू गर्ने कम्पनीको तयारी रहेको सञ्चालक थापाले जानकारी दिए । उनका अनुसार, आगामी नयाँ वर्ष २०८० मा सञ्चालनमा आउनेगरी सो पार्क निर्माणको तयारी रहेको छ ।

८ माघ २०७९