एकैपटक ३० रुपैयाँले घट्यो हवाई इन्धनको मूल्य


टुरिजम पाना काठमाडौं । २५ पुष २०७९
buddha air flight
फाइल तस्वीर

हवाई इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमले आइतबार साँझ एक सुचना जारी गर्दै आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर (करिब प्रतिलिटर ३० रुपैयाँ) ले मूल्य घटाएको हो ।

नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४२० डलर पर्नेछ । अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य घट्दासमेत निगमले चौतर्फी विरोध भएसँगै मूल्य समायोजन गरेको हो।

यस्तै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको छ भने ग्यासको भने यथावत छ ।

२५ पुष २०७९