बिग्रिएको १२ वर्षपछि फेरियो घण्टाघरको घडी


टुरिजम पाना सुर्खेत । २५ पुष २०७९

सुर्खेतको वीरेन्द्रनगरमा रहेको घण्टाघरमा १२ वर्षपछि पुराना घडी हटाएर नयाँ घडी जडान गरिएको छ । बिग्रिएको झन्डै १२ वर्षपछि चार वटै घडी फेरिएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।

घडी बनाउन कसैले चासो नदिएको भन्दै चौतर्फी रूपमा आलोचना हुँदै आएको थियो । नगरपालिकाले यो वर्ष घण्टाघर संरक्षण गर्न भन्दै २५ लाख रुपैयाँ छुट्याएको थियो । उक्त बजेटबाट साढे ११ लाख रुपैयाँ खर्च गरी घडी फेरिएको नगरपालिकाले जनाएको छ ।

भारतको हैदरावादबाट ल्याएर घडी जडान गरिएको हो । खुलामञ्चमा रहेको घण्टाघर २०४४ सालमा चीन सरकारको सहयोगमा निर्माण गरिएको थियो । निर्माणमा त्यतिबेलै ७० लाख ७९ हजार ५ सय ४० रुपैयाँमा खर्च गरिएको थियो ।

अब घण्टाघर वरपरको पार्क र खाली मैदानलाई संरक्षण गरे पर्यटकहरू आकर्षित गर्ने नगरपालिकाको तयारी छ ।

२५ पुष २०७९