पर्यटकीय क्षेत्र ठमेलबासीलाई दुःख दिने विदेशी नागरिकलाई अध्यागमनमा बुझाइयो


टुरिजम पाना काठमाडौं । २५ पुष २०७९

ठमेल क्षेत्रको सामाजिक वातावरणमा खलल पुर्‍याएको भन्दै एक विदेशी नागरिकलाई ठमेल पर्यटन विकास परिषदले अध्यागमन विभागलाई बुझाएको छ ।

आइतबार परिषद र पर्यटन प्रहरीले मानसिक अवस्था सन्तुलन ठिक नभएको जस्तो देखिने मल्डोभा/क्यानडा नागरिकलाई अध्यागमन विभागलाई जिम्मा लगाएको हो ।
परिषदका अनुसार टारास टान्सोभ ६ महिनादेखि ठमेलको सडकमा बेवारिसे अवस्थामा रहेका थिए ।

उनले पर्यटीय क्षेत्रका ठमेलका व्यवसायी तथा घरधनीलाई दुःख दिने गरेकाले नेपाल प्रहरीको पर्यटकीय प्रहरीको सहयोगमा अध्यागमन विभागमा जिम्मा लगाइएको परिषदका अध्यक्ष भवी शर्माले बताए ।

विदेशी नागरिक टारासले अवाञ्छित गतिविधि गरी सामाजिक वातावरण बिगारेकोले पर्यटक प्रहरीको सहयोगमा अध्यागनमा बुझाएको छ ।

२५ पुष २०७९