वायुसेवा सञ्चालक संघले भन्यो,-क्याप्टेनमाथिको कुटपिट निन्दनीय


टुरिजम पाना काठमाडौं । ५ माघ २०७९

स्याङ्जाको वालिङमा हेलिकोप्टर पाइलटमाथि कुटपिट गर्ने समूहलाई कारबाही गर्न वायुसेवा सञ्चालक संघले माग गरेको छ ।

वायुसेवा सञ्चालक संघले घटनाको भत्सर्ना गर्दै जीउ ज्यानको प्रवाह नगरी अहोरात्र दुर्गम क्षेत्रका बासिन्दाको सेवामा खटिई सुत्केरी, बिरामीलगायत अन्य संवेदनशील मानवीय तथा विकास निर्माणमा संलग्न हुने क्याप्टेनमाथि कुटपिट हुनु निन्दनीय रहेको जनाएको हो ।

साथै घटनाको छानबिन गरी दोषीमाथि कारबाही र सुरक्षाको पूर्ण प्रत्याभूति गराउन समेत संघले माग समेत गरेको छ ।

प्रभु हेलिकप्टर्स प्रालिको हेलिकोप्टर बिहीबार दिउँसो खेल चलिरहेको मैदानमा ल्याण्ड गर्दा पाइलटमाथी सामान्य कुटपिट भएको थियो ।

स्याङ्जामा खेल चलिरहेको मैदानमा हेलिकप्टर ल्याण्ड गरेपछि लफडा

५ माघ २०७९