पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज ९० मिनेटसम्म आकाशमै उडेको उड्यै भएको छ।
बिहीबार दिउँसो पौने २ बजे पोखराबाट उडेको जहाज काठमाडौंमा ३ बजेसम्म ल्याण्ड नभएको हो । सवा २ मा ल्याण्ड हुनुपर्ने जहाज सवा ३ बजेसम्म आकाशमै घुमेको घुम्यै हुँदा यात्रुहरु आतिएका थिए ।
काठमाडौंको आकाशमा बादल र कुहिरो लागेपछि भिजिबिलिटी कम भएकाले विमान ल्याण्ड गर्न नसकिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ। भिजिबिलिटीकै कारण आन्तरिक र बाह्य उडानका जहाजसमेत होल्ड हुँदा एयर ट्राफिक जाम भएको थियो।
पोखराबाट उडेको विमान १ घण्टा थप आकाशमा होल्ड भएको विमानमा सवार हास्यकलाकार मनोज गजुरेलले आफ्नो फेसबुकमा उल्लेख गरेका छन् । पाँच दिनअघि मात्र यती एयरको जहाज पोखरा विमानस्थलनजिक दुर्घटना भएको कारण विमानभित्रका यात्रुहरु डराएका थिए । पोखराबाट काठमाडौं हवाइ उडान समय सामान्यतया ३० मिनेटको रहेको छ ।