स्याङ्जामा खेल चलिरहेको मैदानमा हेलिकप्टर ल्याण्ड गरेपछि लफडा


टुरिजम पाना स्याङ्जा । ५ माघ २०७९

स्याङ्जाको वालिङ नगरपालिकामा फुटबल खेल चलिरहेको मैदानमा हेलिकोप्टर ल्याण्ड गरेपछि पाइलटमाथी हातपात भएको छ ।

बिहीबार अपराह्न स्याङ्जाको वालिङमा रहेको खेल मैदानमा प्रथम वालिङ गोल्ड कपमा दोस्रो सेमिफाइनलतर्फ आयोजक वालिङ रातो र एभनिर एफसी बीचको खेल चलिरहेको बेला प्रभु हेलिकोप्टर ल्याण्ड गरिएपछि हेलिकोप्टरका क्याप्टेन रानेश डङ्गोलमाथि सामान्य हातपात भएको हो ।

खेलको पहिलो हाफ चलिरहँदा हेलिकोप्टर खेलमैदानमा झारिएको थियो। खेल चलिरहँदा मैदानमै हेलिकोप्टर बसेपछि स्थानीय युवाहरू आक्रोशित बनेका थिए।

खेल भैरहेको थाहा हुँदाहुँदै त्यसरी अवतरण गर्न नहुने भन्दै यस बिषयहरुमा आफूहरु जानकारी लिने प्रयासमा रहेको प्रभु हेलिकप्टरका डेपुटी जनरल म्यानेजर नोबल कुमार राजलवटले बताए। उक्त हेलिकप्टर वालिङका केही युवाहरुले चार्टर गरेर वालिङ ल्याएका थिए ।

वायुसेवा सञ्चालक संघले भन्यो,-क्याप्टेनमाथिको कुटपिट निन्दनीय

५ माघ २०७९