निकै लामाे समयदेखि पर्यटन क्षेत्रमा उल्नेखनीय काम गर्दै आएकि अम्बिका श्रेष्ठकाे ९२ वर्षकाे उमेरमा निधन भएकाे छ ।
द्वारिकाज होटलकी संस्थापक सन् १९३३ फेब्रुअरी १२ मा भारतको सिक्मिमा जन्मिएकी हुन् । उनले दार्जिलिङको सन् १९३३ फेब्रुअरी १२ मा भारतको सिक्मिमा जन्मिएकी हुन् । उनले दार्जिलिङको ‘लाेरेटो एण्ड सेन्सेजोसेफ कन्भेन्ट’ स्कूलमा पढेकी हुन् ।
सन् १९९५ मा द्धारिकालाल श्रेष्ठसँग विवाह गरेपछि उनी नेपालमा पूर्ण रुपमा बसोबास गरेकी हुन् । उनी र श्रीमान् द्वारिकादास श्रेष्ठकाे अथक प्रायसमा मुलुककै दोस्रो ट्राभल एजेन्सी ‘काठमाडौँ ट्राभल एन्ड टुर्स’ सन् १९६९ मा स्थापना गरेका थिए ।
उनकाे पर्यटन क्षेत्रमा ६५ वर्षदेखि उल्नेखनीय याेगदान रहेकाे छ । उनले विभिन्न संस्थामा काम गर्ने क्रममा पूरातात्विक सम्पदा संरक्षक, सामाजिक अभियानकर्ता, प्रेरणादायि महिलाकाे भूमिका निर्वाह गरेकिछिन्
उनले कान्ति ईश्वरी हाइस्कूलमा सन् १९५७ – १९५८ सम्म पढाएर आफ्नो करियर सुरुवात शिक्षिकाको रुपमा सुरु गरेकी हुन् । उनले संस्कृति मामिला अधिकारीको रुपमा सन् १९५८–१९६१ सम्म सेवा गरिन् । उनले काठमाडौँ स्थित संयुक्त राज्य अमेरिकाको सूचाना केन्द्रमा सामान्य सार्वजनिक अधिकारीको रुपमा पनि काम गरेकीछिन।
उनले सन् १९९२ मा आफ्नो श्रीमान् गुमाएपछि पनि निर्भिक भएर आफ्नो व्यवसायलाई नेतृत्व गरेर लगिन् । पाँच वटा कोठामा रहेको काठमाडौँको प्रतिष्ठित द्घारिका होटललार्इ उनले र पुनस्थापना र संरक्षण गरिन् । उनले यसै हाेटलमा कुँदिए पुरातात्विक सम्पदाबाट नेपालकाे पर्यटनीय क्षेत्रलार्इ विश्वभर परिचित गराउन सफल भइन् ।
उनले काभ्रे जिल्लाको धुलिखेलमा द्घारिका रिर्सोट स्थापना गरेर नेपाली हस्पिटालिटी क्षेत्रलार्इ थप प्रवद्धन गर्न सहयेग पुर्याएकीछिन् ।
उनले पर्यटन व्यवसायबाट अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन विकास र प्रर्वद्घन गर्न ठूलो योगदान पु¥याएकिछिन् उनी पछिल्ले समय उनी पाटा नेपालबाट ‘लाइफ टाइम अचिभमेन्ट’ पुरस्कारबाट सम्मनित भएकी थिइन्
प्राणघातक क्यान्सरलाई जितेकी उनी केही महिनादेखि निमोनिया र बाथरोगबाट पीडित थिइन्।