द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको ९२ वर्षको उमेरमा निधन


टुरिजम पाना काठमाडाैँ । ३ श्रावण २०८१

द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको ९२ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ।

ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना भई उपचाररत श्रेष्ठको बिहान निधन भएको हो।

सन् १९३३ फेब्रुअरी १२ मा भारतको सिक्मिमा जन्मिएकी उनले दार्जिलिङको लरेटो एण्ड सेन्सेजोसेफ कन्भेन्ट स्कूलमा पढेकी थिइन् ।

उनी र श्रीमान् द्वारिकादास श्रेष्ठकाे अथक प्रायसमा मुलुककै दोस्रो ट्राभल एजेन्सी ‘काठमाडौँ ट्राभल एन्ड टुर्स’ स्थापना गरेका थिए ।

 

 

 

 

 

३ श्रावण २०८१