कुश्मामा साहसिक खेलसँग रमाए अभिनेता अनमाेल केसी


टुरिजम पाना पर्वत । ४ चैत्र २०७९

नेपाली चलचित्रका नायक अनमोल केसी पर्वतकाे कुश्मा पुगेर साहसिक खेलसँग रमाएका छन् ।

शनिबार  आफ्ना साथीहरूसँग पर्वतकाे कुश्मा पुगेका केसी द क्लिफले सन्चालन गरेकाे विश्वकै दाेस्रो अग्लाे बन्जी र स्काई साइक्लिङसँग रमाएका हुन् ।

बन्जीसँगै उनले स्काई क्याफेको समेत मज्जा लिएको द क्लिफका सञ्चालक राजु कार्कीले जानकारी दिए ।

‘केसी सहितको टोलीले आज बन्जी र स्काई साइक्लिङ र स्काई क्याफेको मज्जा लिनुभयो,’ उनले भने ।

केसी नेपाली चलचित्रमा ‘मेगा स्टार’का रुपमा समेत चर्चित छन् । ‘ड्रिम्स’, क्याप्टेन, कृ, ए मेरो हजुर, गाजलु लगायत चलचित्रमा नायक केसीको मुख्य भूमिका छ ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ ।

बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सन्चालनमा छन् ।

‘सामान्यदेखि एक्स्ट्रीम थ्रील हुने एड्भेन्चर हामीसँग छन्,’ अध्यक्ष राजु थप्छन् ‘सबै खाले एड्भेन्चर भएकाले यो ठाउँ पारिवारिक गन्तव्य बनेको छ।’

४ चैत्र २०७९