डेढ दशकदेखि काठमाडौंमा सञ्चालनमा रहेको एटिक रेस्टुरेन्टले दसैं विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।
शुक्रबार साँझ ६ देखि ११ बजेसम्म भएको ‘दसैं फेस्टिभल सेलिब्रेसन कार्यक्रम’मा दर्शक तथा अतिथिले लाइभ म्युजिकसहितको मनोरञ्जन लिए । कार्यक्रममा खासगरी कर्पोरेट गेस्ट पारिवारिक सदस्य तथा बालबालिकाहरूको उल्लेख्य उपस्थिति थियो । कलाकारहरूको प्रस्तुतिसँगै उनीहरू नृत्यमा रमाइरहेका देखिन्थे ।
कार्यक्रमको सुरुवातसँगै शुक्रबार इमर्ज ब्यान्डका पप आर्टिस्ट उजन शाक्यले लाइभ प्रस्तुति दिएका थिए । कार्यक्रममा उजनले ‘मैचा’, ‘रजामति’, ‘च अवाज’ लगायतका गीत प्रस्तुत गरेका थिए ।
नेपाली गीतसंगीत क्षेत्रकी राइजिङ स्टार वर्षा कर्मचार्यले पनि विभिन्न गीत प्रस्तुत गरिन् । शुक्रबारको कार्यक्रमा उनले ‘सररर मोटर चढेर’, ‘ओ मैचा’, लगायतका गीत प्रस्तुत गरिन् । त्यस्तै, प्रीच्या बज्राचार्यले सरप्राइज दिएकी थिइन् ।
कार्यक्रममा ६ वर्षदेखि नेपालको सांगीतिक क्षेत्रमा निरन्तर चर्चामा रहेका संगीतकार अमित जंगमले पनि प्रस्तुति दिएका थिए । कार्यक्रमका लागि कासाले वार्डरोब उपलब्ध गराएको हो ।
‘दसैं फेस्टिभल सेलिब्रेसन कार्यक्रम’ सञ्चालन सन् २०१२ को मोटो विवाह अवार्ड र मिस कलेज एम्बासडर २०१२ बाट समेत सम्मानित भइसकेकी खुश्बु प्रधानले गरेकी थिइन् ।
कार्यक्रमका सहभागीहरूले गीत संगीतसँगै परम्परागत नेपाली तथा नेवारी खानेकुरा र पेय पदार्थहरूको मज्जा लिइरहेका देखिन्थे । त्यसका साथै कतिपय सहभागीले ऐला अर्थात् नेवारी समुदायमा सत्कारका क्रममा दिइने रक्सीको अनुभव लिएको एटिकले जनाएको छ ।
एटिकले काल्र्सबर्ग, रियल फ्रुट जुस, जेम्सन लगायतसँगको सहकार्यमा दसैं महोत्सव आयोजना गरेको हो ।
करिब ३०० जना क्षमता भएको काठाडौंको ज्ञानेश्वस्थित एटिक रेस्टुरेन्टमा इन्डियन, कन्टिनेन्टल, नेपाली तथा अन्य विभिन्न कुजिनहरू उपलब्ध छन् ।