धार्मिक पर्यटनको गन्तब्य पञ्चकोट (फोटोकथा)


टुरिजम पाना बाग्लुङ । २१ माघ २०७९

धार्मिक पर्यटनको गन्तब्य हो, बाग्लुङको पञ्चकोट । पछिल्लो समय बाग्लुङ कालिकापछिको दोस्रो गन्तव्य बन्न पञ्चकोट बनेको छ ।

बाग्लुङ घुमफिरमा पुगेका पर्यटकहरु पञ्चकोट पुग्ने गरेका छन् । पञ्चकोटमा गण्डकी माताको मन्दिर र गरुणशिला, सिसमहल, सत्संग भवन, गणेश मन्दिर, हनुमानको मूर्तिको अवलोकनसँगै गुर्जा, धौलागिरी, अन्नपूर्णलगायत आधादर्जन हिमशृंखला देख्न सकिन्छ ।

कालीगण्डकी नदीसँगै बाग्लुङ बजारको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । पोखरा, कुश्मा हुँदै बाग्लुङ बजार पुगिन्छ । बाग्लुङ सदरमुकामदेखि २० मिनेट गाडीको यात्रापछि पञ्चकोट पुग्न सकिन्छ ।

पञ्चकोट जानका लागि बाग्लुङ नगरपालिका–४ कुँडुले हुँदै पदमार्ग पनि निर्माण गरिएको छ । कुँडुलेमा रहेको शालिग्राम सग्रहालयको अवलोक गर्दै करिब एक घन्टाको पैदलयात्रापछि पनि पञ्चकोट पुग्न सकिन्छ ।

हेरौं टुरिजमपानाको क्यामरामा कैद थप केहि फोटोहरु :

२१ माघ २०७९