भिटोफद्वारा अध्ययन भ्रमण सम्पन्न


टुरिजम पाना संवाददाता बाग्लुङ । १७ पुष २०८०

गाउँ पर्यटन प्रबर्धन मञ्च नेपाल(भिटाेफ-नेपाल)ले अवलोकन भ्रमण सम्पन्न गरेको छ। भिटोफका अध्यक्ष गाेपाल थापाकाे नेतृत्त्वमा बाग्लुङकाे अध्ययन तथा अवलोकन भ्रमण समापन भएको हो।

ढाेरपाटन पर्यटन विकास संस्थाको सहकार्यमा भएको अवलोकन कार्यक्रममा सहभागीले बागलुङका चर्चित तथा छाँयामा परेका गन्तब्यको भ्रमण गरेका थिए।  उक्त भ्रमण टोलिले बाग्लुङ  कालिका मन्दिर, पञ्चकोट,  सालिग्राम संग्रहालय, रामकोट त्रिपुरेश्वर मन्दिर, गल्कोट, बुर्तिबाङ,  ढाेरपाटन, जलजला एवम् गर्पे देउराली, दहखर्क र फुस्रे देउरालीसम्मको यात्रा तय गरेको थियाे ।

गाउको आर्थिक, सामाजीक र सास्कृतिक विकासको लागि गाँउमा भएको श्रोत साधन र पूंजीलाई उपयोग गरि परियोजना ल्याउनुपर्ने  भिटोफका अध्यक्ष गोपाल थापाले बताए। त्यस्ता परियोजना पर्यटन संग सम्बन्धीत भएमा मात्र रुपान्तरण गर्न सकिने हुँदा बाग्लुङले पनि यी कुरामा ध्यान दिनुपर्ने उनले बताए।

बाग्लुङ क्षेत्र आफैमा सुन्दर र पर्यटनको प्रचुर सम्भावना बोकेको स्थान हो , तर यहाँको पर्यटकिय गन्तब्यको उचित प्रचारप्रसार हुन नसक्दा सोचे अनुरुप पर्यटक पुग्न नसकेको धारण समेत उनले राखे।

साे टाेलीमा प्रा डा. प्रेम शर्मा, पर्यटन अभियन्ता एवम् यात्राका संयाेजक  अग्निधर कंडेल, पर्यटन व्यवसायी एवम् भिटाेफका पूर्व अध्यक्ष बाेधराज भण्डारी, गाेरखापत्रका सह-सम्पादक केपी गाैतम, सामाजिक अभियन्ता उत्तम आचार्य, छवीलाल श्रेष्ठ, पाेखरा महानगर पालिका-२१ का पूर्व अध्यक्ष एवम् पर्यटनकर्मी खगराज आचार्य, नियात्राकार राजेन्द्रमान डङ्गाेल लगायतका सदस्यहरू सहभागी थिए ।

१७ पुष २०८०