जापान एअरलाइन्सको यात्रुवाहक विमानमा आगलागी


टुरिजम पाना संवाददाता जापान । १७ पुष २०८०

टोक्योस्थित हानेदा विमानस्थलमा अवतरण गरेलगत्तै जापान एअरलाइन्सको एउटा यात्रुवाहक विमानबाट आगोको मुस्लो निस्किएको देखिएको छ।

जापानको प्रसारक एनएचकेले देखाएको भिडिओ फुटेजमा मुस्लो विमानको झ्याल र तलपट्टिबाट आएको देखिन्छ। विमानबाट यात्रुहरू छिटोछिटो निस्किरहेको पनि देखिएको थियो।

जापानको राजधानी टोकियोमा रहेको हनेडा विमानस्थलमा साँझ विमान अवतरणका क्रममा अर्को विमानसँग ठक्कर खाँदा आगलागी भएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ ।

जापानको राजधानी टोकियोमा रहेको हनेडा विमानस्थलमा साँझ विमान अवतरणका क्रममा अर्को विमानसँग ठक्कर खाँदा आगलागी भएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ ।

एनएचके र रोयटर्स समाचारसंस्थाले जापान एअरलाइन्सलाई उद्धृत गर्दै विमानमा सवार सबै ३७९ यात्रुको उद्धार गरिएको जनाएका छन्। विमानस्थलको धावनमार्गमा समेत आगो देखिएको छ। घटनापछि उक्त विमानस्थलका सबै धावनमार्ग बन्द गरिएको अधिकारीहरूले बताएका छन्।

१७ पुष २०८०