पहाडकी रानी नामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आज सडक खाना महोत्सव सुरू भएको छ । महोत्सव अन्तर्गत बिहानैदेखि बन्दीपुरका पर्यटन व्यवसायीहरूले पर्यटकहरूलाई स्वागत गरिरहेका छन् ।
बन्दीपुर गाउँपालिका तथा बन्दीपुर पर्यटन विकास समितिको सहकार्यमा विश्व पर्यटन दिवसको अवसर पारेर सडक महोत्सव आयोजना गरिएको समितिका अध्यक्ष किसन प्रधानले टुरिजम पानालाई जानकारी दिए ।
उनका अनुसार, महोत्सवमा बन्दीपुरको स्थानीय संस्कृति देखाउने कार्यक्रम, नाचगान तथा सडक खाना महोत्सव जस्ता गतिविधि हुनेछ ।
महोत्सव बुधबार बिहान ९ बजेदेखि सुरू भएको महोत्सव राति ११ बजेसम्म सञ्चालन हुनेछ ।
बन्दीपुरका पर्यटन व्यवसायीहरूले बिहानैदेखि पर्यटकहरूलाई स्वागत गरिरहेका छन् ।
तस्वीरहरू
तस्वीरहरू: किसन प्रधानको फेसबुकबाट