बन्दीपुर केवलकार भोलिदेखि सञ्चालनमा, ६० प्रतिशत छुटमै केवलकार चढ्न सकिने


टुरिजम पाना संवाददाता काठमाडौं । ३० जेष्ठ २०८१

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा बिहीबारदेखि केवलकार सञ्चालनमा आउने भएको छ ।

बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडले जेठ ३१ देखि केबलकार सञ्चालनमा ल्याउन लागेको जानकारी दिएको छ ।

कम्पनीले व्यवसायीक सुरूवात गरेको अवसरमा सीमित समयका लागि ६० प्रतिशत छुटको अफर समेत सार्वजनिक गरेको छ ।

प्रति घण्टा पाँच सय जना यात्रु बोक्ने क्षमता रहेको यस केबलकार विभिन्न सिफ्ट गरेर बिहान ६ बजेदेखि राति ११ बजेसम्म चल्ने कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जनाकारी दिए ।

विसं. २०७५ साउनदेखि केवलकार निर्माण सुरू गरिएको थियो । सोही समूहले बन्दीपुरमा पाँच तारे होटल सञ्चालनको अन्तिम तयारी समेत गरिरहेको छ ।

३० जेष्ठ २०८१