अर्गानिक परिकारको स्वाद चाख्न उपयुक्त बन्दिपुर फार्म हाउस एण्ड रिट्रिट

२ हजारमै आकर्षक प्याकेज


सागर गिरी काठमाडौं । १६ कार्तिक २०७९

शहर बजारको कोलाहालपूर्ण जिन्दगी र त्यहाँको प्रदुषणबाट केहि क्षण भएपनि मुक्ति पाउने एक उपयुक्त स्थान बनेको छ, तनहुँको बन्दिपुर । बन्दिपुर पुगेपछि पुग्नै पर्ने स्थल हो बन्दिपुर फार्म हाउस एण्ड रिट्रिट । शुद्ध प्राङ्गारिक परिकारको साथमा स्थानीय कला, संस्कृतिको लागी बन्दिपुर फार्म हाउस एण्ड रिट्रिटले स्वदेशी र विदेशी पाहुनाहरुलाई स्वागत गरिरहेको छ ।

शुद्ध अर्गानिक परिकारको स्वादसँगै करिव २५ रोपनी क्षेत्रफलमा फैलिएको अर्गानिक फार्म हाउसमा पुग्ने जो कोहिलाई मोहित पार्दछ । त्यो हरियाली वातावरणमा हिमालय दृश्यावलोकन गर्दै केहि समय अझै त्यहि बसेर अर्गानिक परिकारसँगै रमाउँ भन्नेको कमी छैन त्यहाँ ।पृथ्वी राजमार्ग अन्तर्गतको डुम्रेबजार नजिकै पिप्लेस्थित बन्दिपुर गेटबाट जम्मा ६ किलोमिटर दूरी पार गर्दै बन्दिपुर फार्म हाउस एण्ड रिट्रिट पुग्न सकिन्छ ।

Bandipur

आन्तरिक तथा बाह्य पर्यटकका लागि यहाँ खेतबारीमा फलेको चामलको भात, गाइको दुध, मोही, दहि, लोकल कुखुरा, खसी तथा माछाका परिकारहरु सहित काँक्रा, कागती, बोडी, रायो साग , चम्सुर, पालुंगो, सुप, पुदिना, धनियाँ, टमाटर, सिमि, काउली लगायतका तरकारीकोको स्वाद लिन सकिन्छ ।

फार्म हाउस पुग्ने जो कोहिले २ हजार रुपैंयामा बेलुकीको स्वागत (वेलकम ड्रिङ्क्स), बेलुकीको अर्गानिक खानाको परिकार (डिनर), एक रातको बसाई र भोलिपल्ट बिहानको खाजा (ब्रेकफाष्ट) को सुविधा उपलब्ध छ । फार्महाउसमा अहिले ३० जना अट्ने १० ओटा रुम सहित सेमीनारको लागी हलको ब्यबस्था रहेको छ ।

फार्म हाउसमा जग्गा, भवन सहित ५ करोड लगानी भएको संचालक कमल पण्डितले बताए । उनले फार्म हाउस संचालनमा ल्याएर १० जनालाई प्रत्यक्ष रुपमा रोजगारी समेत दिईरहेका छन् । आफ्नो फार्म हाउसमा आउने पाहुनाहरुलाई अर्गानिक परिकारमा सन्तुष्ट बनाएर पठाउने गरेको उनको भनाई छ ।

पहिलेदेखि नै अर्गानिक आफ्नै बारीमा रोपेको सब्जी, आफ्नै गोठको मलको प्रयोगले फलाएका तरकारी र फलफुल खान बानि परेको पण्डितलाई बिषादी रहेको खाने कुरामा मन गएन र आफैले मानिसहरुलाई अर्गानिक खाना, सब्जी, र फलफुल खुवाउने साथै चेपाङ बस्तीबाट निहुँरो, गिठा, भ्याकुर तथा अन्य बनस्पतीहरु स्वाद दिलाउने, स्थानिय कला संस्कृति, कृषि, पर्यटन संरक्षण र युवाहरुलाइ स्वरोजगार बनाउने आफ्नो लक्ष्य रहेको बताए ।

सामान्यतया हामी हाम्रा बच्चालाइ चिडियाखाना, पार्क घुमाउन लिएर जाने गर्दछौं, बालबालिकालाई घुमाउने अत्यन्तै उत्तम स्थान बन्न सक्छ अर्गानिक फार्म हाउस । आजकल बच्चाहरु ले प्राय प्रश्न गर्छन, गुन्द्रुक कुन रुखमा फल्छ ? सब्जी कसरी फल्छ ? कहाँ फल्छ भन्दा पनि सब्जी पसलमा पाइन्छ, दुध प्याकेटमा पाइन्छ भन्ने भ्रम चिर्नलाई बालबच्चालाई राम्रो स्थान समेत बन्दिपुर फार्म हाउस एण्ड रिट्रिट बनेको छ ।

१६ कार्तिक २०७९