अब हिमालय एयरलाइन्सले भैरहवा विमानस्थलबाट दैनिक चार्टर्ड उडान गर्ने


टुरिजम पाना काठमाडौं । १५ कार्तिक २०७९
Himalaya Airlines

हिमालय एयरलाइन्सले आगामी बिहीबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट दैनिक दुईवटा यात्रुवाहक चार्टर्ड उडान सुरू गर्ने भएको छ।

हिमालय एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बेस बनाएर काठमाडौं–भैरहवा–क्वालालम्पुर र क्वालालम्पुर–भैरहवा–काठमाडौंका लागि उडान गर्ने प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

यसअघि क्यानले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा प्रयोगमा ल्याउन प्राधिकरणले काठमाडौं विमानस्थलबाट हुँदै आएका चार्टर्ड उडान अब भैरहवाबाट गर्नुपर्ने निर्णय गरेको थियो ।

प्राधिकरणले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्ससहित तीन विदेशी हवाई कम्पनीलाई वीन्टर सेड्युलअनुसार गौतमबुद्ध विमानस्थलमा दैनिक एक उडान गर्न निर्देशन दिइसकेको छ।

१५ कार्तिक २०७९