विमान दुर्घटनाले पर्यटन क्षेत्रमा ठुलो धक्का : टान


टुरिजम पाना काठमाडौं । १ माघ २०७९
Taan

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले यती एयरको विमान दुर्घटना नेपालको समग्र पर्यटन क्षेत्रकै लागि ठुलो धक्का भएको बताएको छ ।

आइतबार टानका महासचिव विनोद सापकोटाले विज्ञप्ति जारी गर्दै कोरोना महामारीबाट भर्खरै तङ्गरिदै गरेको नेपालको पर्यटन क्षेत्रमा यस हवाई दुर्घटनाले अपूरणीय क्षति पुर्‍याएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “कोरोना भाइरसको महामारीबाट भर्खर तंगरिदै गरेको नेपालको पर्यटन क्षेत्रमा यस हवाई दुर्घटनाले अपूरणीय क्षति पुगेको छ । भर्खरै मात्र नयाँ विमानस्थलको निर्माण कार्य सम्पन्न भई उडान शुभारम्भ भएको र पर्यटकीय राजधानीको रुपमा रहेको पोखरामा नै भएको दुर्घटनाले नेपालको हवाई क्षेत्रमा मात्र होइन देशको समग्र पर्यटन क्षेत्रमा नै ठुलो धक्का लागेको छ ।”

यस्तै टानले नेपाली आकाश र नेपालको हवाई क्षेत्र सुरक्षित राख्न राज्यले महत्त्वपूर्ण कदम चाल्ने र आगामी दिनमा यस्ता दुर्घटनालाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा राज्यका जिम्मेवार निकाय गम्भीर बन्नुपर्नेमा जोड समेत दिएको छ ।

१ माघ २०७९