नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको दुई सातापछि वरिष्ठ क्याप्टेन विजय लामाको निलम्बन फुकुवा गरेकोछ । प्राधिकरणले ग्राउण्डेड गरेको २३ दिनपछि कारबाही फुकुवा भएसँगै उनी बुधबारबाट पुनः उडान सेवामा फर्किएका छन्।
विमानस्थल परिसरमा निषेधित क्रियाकलाप गरेको भन्दै नागरिक उड्डयन प्राधिकरणले निगमका वरिष्ठ क्याप्टेन लामालाई कारबाही गरेको थियो। क्याप्टेन लामा ग्राउण्डेड भएसँगै नेपाल वायुसेवा निगमको लङ हल रुटअन्तर्गत जापान, हङकङ लगायतका उडान प्रभावित भएको थियो ।
निगममा वाइडबडी जहाजका लागि कुल आठ जना क्याप्टेन र पाँच को-पाइलटमध्ये यसअघि नै ३ जना वरिष्ठ क्याप्टेन ग्राउण्डेड छन्। जहाज सी-चेक प्रक्रियामा नागरिक उड्डयन प्राधिकरणको नियम नै उल्लंघन गरेको भन्दै थप दुई जना क्याप्टेन अहिले निलम्बित छन्।