चितवन राष्ट्रिय निकुञ्ज भित्र भइरहेको व्यवसायिक जंगल सफारी वर्षायाम अवधिभर गरिने भएको छ ।
बिहीबार निकुञ्जले जारी गरेको सूचनामा निकुञ्ज भित्र सञ्चालन हुँदै आएको व्यावसायिक जंगल सफारी असार १६ गतेदेखि बन्द गरिने जानकारी दिएको हो ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकालेको सूचना अुसार निकुञ्जमा पाइने अधिकांश वन्यजन्तु तथा चराचुरुङ्गीहरुको प्रजनन्का लागि वर्षायाम उपयुक्त समय भएको साथै यस अवधिमा निकुञ्जभित्रका वनपथहरु बिग्रिने, जंगलमा भएका साना खोला– खोल्सीमा भलबाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुनेलगायतका कारणले पर्यटकहरुलाई असहज सृजना हुने भएकाले सफारी (ड्राइभिङ) बन्द गरिएको जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज बाहिरको मध्वर्ती सिमा क्षेत्रमा रहेको सामुदायिक वनमा भने जंगल सफारी (ड्राइभिङ) सञ्चालन भइरहने छ ।